समृद्धिका लागि योगदान गर्नेहरु नै समाजमा अमर रहन्छः अध्यक्ष पोखरेल

संवाददाता
६ असार २०८१, बुधबार १९:०५

५ असार, हेटौंडा । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले राजनीतीमा लागेर समाजमा सकारात्मक परिवर्तन गर्नेहरुका योगदानलाई समाजले सदैब सम्झीरहने बताउनुभएको छ ।
मीन बहादुर थपलिया स्मृती प्रतिष्ठानको १९ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले समाजको विकास र समृद्धिका लागि योगदान गर्नेहरु नै समाजमा अमर रहने बताउनुभयो । चुरियामाई गाविसका पुर्व उपाध्यक्ष मिन बहादुर थपलियाको स्मृतिमा गठन गरिएको मीन बहादुर थपलिया स्मृती प्रतिष्ठानले सामाजिक क्षेत्रमा योगदान पु¥याएका ८० बर्ष उमेर माथिका ५ जना बृद्धलाई सम्मान गरेको छ । १४ नम्बर वडाको विकासमा योगदान पु¥याएका ऋषिराम घिसीङ, डोलानाथ दुवाडी, प्रेम मोक्तान, देवन्द्रराज उपाध्याय र मान बहादुर लामालाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, १४ नम्बर वडाका अध्यक्ष दिपक खड्का, हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारी लगायत १४ नम्बर वडाका राजनीतिक दलका प्रतिनिधी र संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो । पूर्व गाविस उपाध्यक्ष थपलियालाई १९ वर्ष अघि ससस्त्र युद्धका बेला उनको घरमै गोलीहानी हत्या गरिएको थियो । उनको हत्याको जिम्मेवारी राज्य वा विद्रोही पक्ष कसैले लिएको छैन । थपलियालाई राज्यले सहीद घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*