निजी क्षेत्रको आत्मबल बढाउनु नै मुख्य चुनौतीः अर्थमन्त्री पौडेल

संवाददाता
३ श्रावण २०८१, बिहीबार १५:२७

३ श्रावण, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौति निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा मन्त्री अर्थमन्त्री पौडेलले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले अहिलेको आफ्नो चुनौति निराशा चिर्ने र आशा जगाउने रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबैकुरा टुट्ने भन्दै बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने उल्लेख गर्नुभयो । अर्थमन्त्री पौडेलले अहिलेका चुनौतिका समस्याहरुको सामना गर्न आफू लागिपरेको पनि बताउनु भयो ।
अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन इमिडेट्ली तत्काल खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले यि दुई गाइडलाइन खारेज नगरी अर्थतन्त्र चलायमान बनाउन नसकिने बताउनु भयो ।
अध्यक्ष अग्रवालले राष्ट्र बैंकको बेस रेटलाई खारेज गरेर एमसिएलआर वा इभीएलआरमा जानुपर्ने बताउनु भयो । स्वतन्त्र मोनिट्री पोलिसी कमिटी बनाउन माग गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*