संविधानको समावेशी चरित्रलाई बाधा नआउनेगरी संविधान संशोधन गर्नुपर्छः नेता कोईराला

संवाददाता
२० श्रावण २०८१, आईतवार १७:२२

२० श्रावण, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले संविधानको समावेशी चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
आईतवार नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कोईरालाले संविधानका उल्लेख भएको समावेशि चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले राजनीतिक स्थायित्वको लागि नेपाली काँग्रेस र नेकपा(एमाले) सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपर्ने बताउनु भयो । मिश्रित निर्वाचन प्रणालीबाट कुनैपनि राजनीतिक दलको बहुमत नआउने भन्दै नेता कोइरालाले दलहरुले बहुमत ल्याउन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने जिकिर गर्नुभयो । उहाँले संविधान अनुरुप विभिन्न जातजातिको प्रतिनिधित्व भने सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।
नेता कोईरालाले सरकारले सुशासन कायम गर्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारमुक्त समाज बनाउने कुरालाई सरकारले नजरअन्दाज गर्न नमिल्ने पनि बताउनु भयो । उहाँले संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले) मिलेर सरकार बनाउँदा निरंकुशता जन्मिने आशंका सबैलाई रहेको भन्दै गलत कामको विरुद्ध आवाज उठाउँदा सहि दिशमा अघि बढ्न सकिने बताउनु भयो ।
नेता कोईरालाले नेपाली काँग्रेस पार्टीलाई पुरानो अवस्थामा फर्काइछाड्ने बताउनु भयो । उहाँले पार्टीलाई मजबुत बनाउनका लागि सक्रियतापूर्वक पार्टी काममा लाग्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*