रुग्ण उद्योग सञ्चालनमा सरकारले फरक नीति अवलम्बन गर्छः मन्त्री भण्डारी

संवाददाता
१ भाद्र २०८१, शनिबार १८:३८

१ भाद्र, हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हेटौँडा सिमेन्ट उद्योग र हेटौँडा कपडा उद्योग नयाँ मोडेलमा सञ्चालन गर्ने गरी सरकार अघि बढेको बताउनुभएको छ ।
सरकार आफैले उद्योग सञ्चालन गर्दा समस्या देखिएको भन्दै सरकारले उद्योगीहरुलाई उद्योग सञ्चालन गर्न दिने मोडेलमा अघि बढ्ने उहाँले बताउनुभयो । निजीकरण गर्ने मोडलमा नभई उद्योग कलकारखाना सरकारी स्वामित्वमै राखेर उद्योगीहरुलाई सञ्चालन गर्न दिने गरी प्रस्ताब अघि बढाईएको उहाँले बताउनुभयो । यी दुई उद्योग सहित ९ वटा उद्योगहरु अघिल्लो सरकारले निजीकरण ईकाईमा पठाईसकीएको भन्दै मन्त्री भण्डारीले अब निजीकरण ईकाईको कानून संसोधन गरेर अघि बढने बताउनुभयो ।
रुग्ण अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्न तत्काल ३० करोड रुपैयाँ आवश्यक रहेको भन्दै उद्योग ब्यवस्थापनले उक्त रकम उपलब्ध गराएर उद्योग चलाउने वातावरण मनाउन मन्त्री भण्डारीलाई आग्रह गरेको छ । यस्तै सरकारले पटकपटक निती कार्यक्रम र बजेट भाषणमा हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने उद्घोष भएपनि उद्योग सञ्चालन हुन सकेको छैन । मन्त्री भण्डारीले हेटौंडामा प्रस्तावित मयुरधाप औधोगिक क्षेत्रपनि सरकारले छिट्टैै सञ्चालनमा ल्याउने तयारी भईरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*