वर्तमान सरकारले फलानो अपराधी नसमाउ भनेर आदेश दिँदैनः प्रधानमन्त्री ओली

संवाददाता
१० भाद्र २०८१, सोमबार १४:०५

१० भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार मुलकमा सही कुरालाई अघि बढाउने संकल्पका साथ बनेको बताउनुभएको छ ।
अहिलेको सरकार बनेको एउटा सरकारको ठाउँमा अर्को सरकारको रुपमा नआई एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ आएको प्रधानमन्त्री ओलीको भनाई थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले अपराध हुनै नदिने कुरामा ध्यान दिन पनि नेपाल प्रहरीलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले अपराध गर्नेहरुलाई पहिलेनै सचेत बनाउने गरी अभियान चलाउन सकिए समाजमा अपराधिक घटना हुन नपाउने उल्लेख गर्दै त्यस अभियानमा प्रहरीले चनाखो भएर अघि बढ्नुपर्ने बताउनु भयो । वर्तमान सरकारले फलानोलाई फसाउ भन्ने आदेश प्रहरीलाई नदिने भन्दै प्रधानमन्त्री ओलीले ढुक्कका साथ आफ्नो कामालई अघि बढाउन पनि प्रहरीको ध्यानाकर्षण गराउनु भयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशंशनीय काम गरेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहित गर्न सरकार तयार रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*