यातायात व्यवसायीको समस्या समाधानमा प्रदेश सरकार गम्भिरः मुख्यमन्त्री लामा

संवाददाता
१३ भाद्र २०८१, बिहीबार १८:४३

१३ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले यातायात व्यवसायीको समस्या समाधानमा प्रदेश सरकार गम्भिर रहेको बताउनुभएको छ ।
बिहीबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यातायात व्यवसायीको समस्या पहिचान गरी दीर्घकालिन समाधानमा प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । मुख्यमन्त्री लामाले पछिल्लो समय सवारी दुर्घटना बढीरहेको प्रति चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि राज्य पक्ष, यातायात व्यवसायी एकताबद्ध भएर जानुपर्ने आवश्यकता औल्याउनुभयो । प्रदेश सरकारको प्रमुख आम्दानीको श्रोत यातायात क्षेत्र भएको बताउँदै मुख्यमन्त्री लामाले करप्रणालीलाई सुधार गर्दै व्यवस्थित बनाउन प्रदेश सरकार गम्भिर भएर लागेको दाबी गर्नुभयो ।


कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्ने बताउनुभयो । एक मुष्ट कर प्रणालीमा समेट्न नसके यातायात क्षेत्रमा सुधार गर्न नसक्ने उहाँको धारणा थियो । सार्वजनिक यातायातमा विद्यार्थीलाई भाडादर छुटको व्यवस्था विद्यार्थी आन्दोलनको बलमा स्थापीत भएको उल्लोख गर्दै सत प्रतिशत कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो । मन्त्री काफ्लेले सार्वजनिक सवारीसाधनको न्यूनतम मापदण्ड तोकिनुपर्ने बताउनुभयो । घटना घट्नुभन्दा सम्भावित घटनाको परिकल्पना गरेर त्यसलाई न्युनिकरण गर्नेतर्फ सरकार लाग्नुपनमा उहाँको जोड थियो ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शुरजचन्द्र लामिछानेले यातायात क्षेत्रमा देखिएका कानुनी जटिलता समाधानका लागी यातायात व्यसायीको सुझावलाई ममन गर्दै नीतिगत पहल गरिने प्रतिबद्धता जनाउनुभयो । सवारी दुर्घटनामा मृत्यु भएका परिवारले पाउने क्षतिपूर्ति बापतको ५ लाख रुपैयाँ कम भएको बताउँदै यसमा प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।
नेपाल लोकतान्त्रिक यातायात संघका केन्द्रिय उपाध्यक्ष विजय बहादुर स्वाँरको सभाध्यक्षतामा भएको कार्यक्रममा विना विभागियमन्त्री मदुकुमार श्रेष्ठ, नेपाली काँग्रेस संसलीय दलका प्रमुख सचेतक गोविन्द लम्साल, लोक तान्त्रिक यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाली काँग्रेस जिल्ला सभापति बुद्ध लामा लगातयले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*