आर्थिक वर्ष २०८०÷०८१ मा मकवानपुरमा मातृशिशु मृत्युदर शुन्य (भिडियो सहित)
भौगोलिक रुपमा विकट मकवानपुरमा तामाङ र चेपाङ समुदायको बाहुल्यता छ । केही वर्ष अघि सम्म गरिबी र अशिक्षाका कारण मकवानपुरका धेरै गाउँबस्ती महिला घरमै सुत्केरी हुने गरेका थिए । यसले मातृशिशु मृत्युको जोखिम बढाएको थियो । तर, पछिल्लो समय मातृशिशु मृत्युदरमा कमी ल्याउन सञ्चालन गरिएका प्रोत्साहन कार्यक्रम र सर्वसाधारणमा पनि स्वास्थ्य संस्थामा गएर गर्भजाँच र सुत्केरी हुनुपर्छ भन्ने चेतनाको विकासले मकवानपुरमा मातृशिशु मृत्युदर सुन्यमा झरेको छ ।
एक रिपोर्ट














