जम्मा ४ वटा बैठक बसेर बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

संवाददाता
१९ चैत्र २०८१, बुधबार १९:२३

२० चैत्र, हेटौँडा । जम्मा ४ वटा बैठक बसेर बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
माघ १८ गते आह्वान भएको हिउँदे अधिवेशन जम्मा ४ वटा बैठक बसेर अन्त्य भएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको अधिवेशन बैठक अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुख देवकोटाले एक सूचना जारी गर्नुहुँदै नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बुधबार राती १२ बजेदेखि प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रदेशसभा अधिवेशन अन्त्यका लागि बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रतिपक्षी दलहरुको कारण संसद् चलाउने परिस्थिति निर्माण हुन नसकेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो । विगतमा आफैले बनाएको बजेटमा असन्तुष्टि राख्दै पुनः थप बजेट माग गर्नु उचित नरहेको उहाँको भनाइ थियो ।
मन्त्री लामिछानेले आगामी वर्षको लागि नीति कार्यक्रम र बजेटमा समय केन्द्रित गर्नको लागि पनि अधिवेशन अन्त्य गर्नुपरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*