जेनिथ सेकेन्डरी बोर्डिङ स्कुलको १६ औं अभिभावक भेला सम्पन्न
२३ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ पिप्लेस्थित जेनिथ सेकेन्डरी बोर्डिङ स्कुलको १६ औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।
सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरेर विद्यालयले अभिभावक दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिता पाण्डेको अध्यक्षता तथा हेटौंडा—५, नम्बर वडाका अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा भेला भएको थियो ।
भेलामा विद्यार्थीले नृत्य, गायन र कविता वाचन गरेको थिए । यस्तै नर्सरीदेखि कक्षा—१० सम्मका कक्षागत प्रथम, द्वितीय, तृतीय विद्यार्थीलाई स्टेशनरी सामग्रीले पुरस्कृत गरिएको छ । जेनिथ सेकेन्डरी बोर्डिङ स्कुलका प्रचार्य श्रीबहादुर कार्कीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसंग संगै प्रयोगात्मक ज्ञान दिन सुरु गरिएको उहाँले बताउनुभयो ।
विद्यालयले हाल टाढाबाट आउने विद्यार्थीलाई मध्यनजर गर्दै थप ४ वटा बसको पनि व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा हेटौंडा सिटी कलेज तथा जनिथ बोर्डिक स्कुलका संस्थापक अध्यक्ष अनिल पाण्डे, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल मकवानपुरका अध्यक्ष विनोद सुवेदी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेका थियो । कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा हाल ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत् छ ।














