अधिकारीको नेतृत्वमा कानुन ब्यबसायी पूर्व अध्यक्ष मञ्च गठन

संवाददाता
३० जेष्ठ २०८२, बिहीबार १३:३५

२९ जेठ, हेटौँडा । मकवानपुरमा रहेर जिल्ला र उच्चबारको नेतृत्व गरिसक्नु भएका बारका पूर्व अध्यक्षहरुको मंगलबार भएको भेलाले कानुन ब्यबसायी पुर्ब अध्यक्ष मञ्च गठन गरेको छ ।
मञ्चको संयोजकमा अधिबक्ता मुकुन्द अधिकारी चयन हुनुभएको छ । मञ्चको सहसंयोजक अमृत लामा, सचिब ईश्वरी अधिकारी, कोषाध्यक्ष अप्सरा बस्नेत चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा युबराज ओली, मदन दाहाल, पुष्क बहादुर थापा, युबराज खतिवडा, केशब गौतम चयन हुनुभयो ।
मञ्चको सल्लाहकारमा बरिष्ठ अधिबक्ताहरु सुर्यचन्द्र न्यौपाने, एकराज बास्तोला, अर्जुन उप्रेती र ईश्वरराज ढकाल चयन गरिएको छ । मञ्चले अदालतमा स्वच्छ सुनुवाईको वातावरण निर्माण गरी अदालतप्रति सर्बसाधारणको सम्मान बढाउन भुमिका निर्बाह गर्ने बताईएको छ ।
बार र बेन्चसंग सहकार्य गर्दै सामाजिक क्षेत्रमा समेत प्रभावकारी भुमिका निर्बाह गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*