अवैध लागुऔषध अफिम र गाँजा सहित ३ थान पेस्तोल सहित स्याङतान पक्राउ

संवाददाता
२ असार २०८२, सोमबार १७:२१

२ असार, हेटौँडा । लागु औषध बरामदका लागि मकवानपुरको राक्सीराङ पुगेको प्रहरी टोलीले अवैध लागुऔषध अफिम र गाजाँ सहित ३ थान पेस्तोल, दुईवटा म्यागजिन र त्यसमा लाग्ने ३० राउण्ड गोली बरामद गरी अपराधिक पृष्ठभुमीका ५० वर्षिय राजु स्याङ्तानलाई पक्राउ गरेको छ ।
राक्सीराङ गाउँपालिका वडानम्बर–१ स्थित राजु स्याङतानको घरमा लुकाई छिपाई राखीएको अबैद्य लागुऔषध रहेको सूचनाको आधारमा १० जना प्रहरी उनको घर पुगेको थियो । प्रहरीले स्याङ्तानको सुत्ने कोठामा सिरानी मुनी कपडामा बेरेर राखेको अवस्थामा दुई थान पेस्तोल र १८ राउण्ड गोली बरामद गरेको हो ।
यस्तै स्याङतानकै घर नजिक चन्द्रलाल मोक्तानको बारीमा रहेको रुखको फेदमा सेतो बोराको झोलामा बेरिएको अवस्थामा घरेलु कटुवा पेस्तोल एक थान, पाँच राउन्ड गोली सहित दुई वटा पोकामा एक किलो ४ सय ८० ग्राम अफिम र २२ किलो ८ सय ग्राम गाँजा समेत प्रहरीले बरामद गरेको छ ।
लागुऔषध सहित स्याङ्तानलाई नियन्त्रणमा लिनेक्रममा स्थानीयले अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले १० राउण्ड हबाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । प्रहरी उपरिक्षक खड्काको नेतृत्वमा थप ४० जनाको प्रहरी टोली गाउँ पुगेर पक्राउ परेका स्याङ्तान सहित बरामद हतियार र लागुऔषध प्रहरी कार्यालयसम्म ल्याईएको हो ।
प्रहरीका अनुसार स्याङ्तानले २०७१ सालमा लागूऔषध मुद्दामा दुईवर्ष कैद सजाय भोगिसकेका थिए । उनी २०७६ साउन ४ गते पुनः लागूऔषध तथा हातहतियार मुद्दामा पक्राउ परी ५ वर्ष ६ महिना कैद सजाय काटेर २०८१ माघ महिनामा जेलमुक्त भएका थिए । स्याङतानविरुद्ध प्रहरीले जिल्ला अदालत मकवानपुरबाट लागुऔषध तथा हातहतियार खरखजाना समेतको कसुरमा सात दिन म्याद थप लिई अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*