आधारभूत फुटबल रेफ्री तालिम सुरु

संवाददाता
६ असार २०८२, शुक्रबार २०:४२

६ असार, हेटोँडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हेटौंडामा आधारभूत फुटबल रेफ्री तालिम सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले शुक्रबार एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्नुभयो । हेटौंडा–६ गौरीटारमा एक सातासम्म चल्ने तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट ३ महिला सहित ४१ जनाको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले हेटौंडालाई खेलकुदमय उपमहानगर बनाउन लागिरहेको बताउनुभयो । पछिल्लो समय हेटौंडामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू उल्लेख्य मात्रामा भइरहेको दाबीगर्दै हेटौंडाबाट खेलाडी उत्पादनका लागि खेलकुदका गतिविधिहरू सञ्चालन भइरहेको उहाँले बताउनुभयो । युवा र खेल क्षेत्रलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको दाबी थियो। नेपालमा भविष्य छैन भनेर विदेशिने क्रम बढिरहेको अवस्थामा युवा जनशक्तिले नेपालमै सम्भावना देखेर तालिममा सहभागी हुनु प्रशंसनीय रहेको नगर प्रमुख लामाले भन्नुभयो । रेफ्रीको भूमिका महत्वपूर्ण हुनुका साथै चुनौतीपूर्ण पनि हुने उहाँको धारणा थियो । नगर प्रमुख लामाले राज्यका हरेक अंगहरू मर्यादित र विधिवत् रूपमा चल्नुपर्नेमा जोड दिनुभयो ।


तालिममा सहभागीहरूलाई फुटबलका नियम, रेफ्रीको भूमिका, खेल व्यवस्थापन, संकेत, सञ्चार, शारीरिक तन्दुरुस्ती लगायतका विषयमा प्रशिक्षण दिइने बताइएको छ । प्रशिक्षकहरू सचिन अमात्य, विरेन्द्र पाण्डे, रोजिन श्रेष्ठ र कल्पना शर्माद्धारा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिम संयोजक अमृत लुङबाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, फुटबल महासंघ बागमतीका महासचिव लवराज ठकुरी लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*