काभा भलिबलः उपाधि भारतको पोल्टामा, नेपाल उपबिजेतामै सीमित

संवाददाता
२३ श्रावण २०८१, बुधबार २०:१२

२३ श्रावण, हेटौँडा । नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगको उपाधि जितेको छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबा। भएको फाइनल खेलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । यससँगै नेपालले सन् २०१९ मा घरेलु मैदानमा नै सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदको फाइनलमा व्यहोरेको हारको बदला लिने अवसर पनि गुमायो । यसअघि यसै प्रतियोगिताको लिगमा भारतमाथि ३–२ को ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने असफल रह्यो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । यस्तै दोस्रो सेट भारतले २५–१४ ले जित्यो । यसैगरी तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेको हो ।
बुधवार नै तेस्रो स्थानका लागि भएको खेलमा इरानले श्रीलंकालाई २५–२२, २८–२६ र २५–१७ को सोझो सेटमा हरायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*