कृष्ण मन्दिरमा श्रद्धालुले पूजा अर्चना गरी कृष्ण जन्माष्टमी पर्व मनाए

संवाददाता
१० भाद्र २०८१, सोमबार १७:५७

१० भाद्र, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी पर्व मनाईएको छ । विभिन्न स्थानको कृष्ण मन्दिरमा आज श्रदालुहरुको घुइँचो लागि रहेको छ ।
भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुले पूजा अर्चना गरेका छन् । धर्तीमा अधर्मको मात्रा बढ्दै गएपछि भगवान बिष्णुले कृष्णको रुपमा अवातार लिनु भएको धार्मीक जनविश्वास रहि आएको छ । यसैबीच आज मकवानपुरको मकवानपुरगढी, वंशगोपाल, हेटौंडा ६ स्थित कृष्ण प्रणामी मन्दिरमा स्थानीय भत्त,जनले पूजा अर्चना गरेका छन् कृष्ण जन्माष्टमी पर्वको अवसरमा श्रीकृष्ण प्रणामी सेवा समिति हेटौंडा –६ गौरीटारले वृक्षारोपण कार्यक्रम गरेको छ । हेटौंडा ६ निर्माणधिन अवस्थामा रहेको निजानन्द पार्कमा वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता विभिन्न प्रजातीका १ सय ५० विरुवा रोपिएको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष राजु नेपालले जानकारी दिनुभयो ।


यस्तै हेटौंडा ६ हात्तिलेट स्थित निलकण्ठेश्वर महादेव मन्दिरमा गत शुक्रबारदेखि सुरु भएको श्रीकृष्ण प्रवचन एवं झुला कार्यक्रम समापन गरिएको छ । वडा अध्यक्ष दाहालको प्रमुख आतिथ्यता एवं निलकण्ठेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष भोलानाथ दुलालको सभाध्यक्षतामा समापन गरिएको हो । चार दिन सम्म सञ्चालित कार्यक्रममा पण्डित बासुदेव आचार्यले प्रवचन दिनुभएको थियो । यस्तै, वंशगोपाल मन्दिरमा पनि भक्तजनले पूजा आराधना गरेका छन् ।


ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म अष्टमीका दिन पछिल्लो समय साना साना बालबालिकालाई कृष्ण राधाको स्वरुपमा सिंगारेर पूजा गराउने प्रचलन समेत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*