कैलाशमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
३१ वैशाख, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजना एवम् गाउँपालिकाको समन्वय सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सभाध्यक्षता तथा कैलाश गाउँपालिकाका प्रमुख लोक बहादुर मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खड्काले मकवानपुरमा लागू औषधको अवस्था समेटिएको विवरणका प्रस्तूत गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्तानले मकवानपुरका अधिकांश यूवाहरु लगू पदार्थ सेवनमा फसेको बताउनुभयो । गाजाँ खेतीको विषयमा विद्येयक प्रदेश सरकार र संघीय सरकार दर्ता भएको अवस्थामा खेती गर्नेको संख्या बढ्दो रहेको उहाँको भनाई छ । कार्यक्रममा मकवानपुर रिकभरीका अनिल लामाले आफ्नो अनुभव सुनाउनुभएको थियो । सार्वजनिक सुनुवाईमा आएका प्रश्न र जिज्ञासाको प्रमुख जिल्ला अधिकारी श्रेष्ठ र प्रहरी उपरीक्षक खड्काले जवाफ दिएका थिए । कैलाश क्षेत्रका नागरिकले नागरिकता लिन नै सास्ती भोग्नु परेको गुनासो गरेका थिए ।
समस्याको यथाशीघ्र समाधानका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सन्तोष बिक्रम शाह, कैलाश गाउापालिकाका कार्यपालिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, टोल सुधार समिति तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।














