कैलाश गाउँपालिकाद्वारा कृषक समूहलाई हाते ट्याक्टर वितरण
४ वैशाख, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले कृषक समूहलाई हाते ट्याक्टर वितरण गरेको छ ।
गाउँपालिकाले तय गरेको मकैवाली प्रवद्र्धन कार्यक्रम अन्तरगत चार थान हाते ट्याक्टर र ३० किलो मकैको विउ वितरण गरेको हो । विहीबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्लले संयुक्त रुपमा किसानलाई ट्याक्टर प्रदान गरेका हुन् ।
कैलाश ३ को अम्बाटार कृषक समूहले चार थान ट्याक्टर, ३० किलो मकैको वीउ र दुई थान विद्युतीय घट्ट मिल प्राप्त गरेको समूहका अध्यक्ष विश्व विक्रम मल्लले बताउनुभयो । चार लाख बजेटमा कृषि तथा पशु विकास शाखाले २ लाख बजेट विनियोजन गरेको र २ लाख रकम कृषकको परेको कृषि शाखाले जनाएको छ ।
चार वटै ट्याक्टर मिनिटिलर सात एचपी डिजल इन्जिन रहेको छ भने विद्युतीय घट्ट मिल रहेको कृषि तथा पशुविकास शाखाका प्राविधिक सन्दीप कुशहवाले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, कृषि तथा पशु विकास शाखाका प्राविधिक र कृषकहरुको उपस्थिती रहेको थियो ।














