गोरख बहादुर गणले सञ्चालन गरेको १८ औं सैन्य आधार तालिम समापन

संवाददाता
२७ आश्विन २०८२, सोमबार १८:५८

२७ असोज, हेटौँडा । मकवानपुरस्थित श्री गोरख बहादुर गणले सञ्चालन गरेको १८ औं सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सोमबार समापन गरिएको छ ।
मध्य पृतना हेडक्वाटर सुपारिटारका प्रमुख उपरथी हरेन्द्र पाठकको प्रमुख आतिथ्यतामा आयोजित एक समारोहका बिच तालिम समापन गरिएको हो । ९ महिनाअघि सुरु भएको तालिममा सहभागि एक सय जना सैनिक जवान दीक्षित भएका छन् । समापन समारोहमा शैन्यहरुले अन्तिम दलेल कवाजको प्रदर्शन गरेका थिए । उक्त कवाजको प्रमुख अतिथि उपरथी पाठक सहितका अतिथिहरुले निरीक्षण गरेका थिए ।
कार्यक्रममा तालिमका दौरान विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै उपरथी पाठकले नेपाली सेनाले सधैं राष्ट्र र जनतालाई केन्द्रमा राखेर कार्य गरिरहेको बताउनुभयो । उहाँले जमिनलाई सेनाको मुख्य हतियारको रूपमा परिभाषित गर्दै, नवनियुक्त सैनिकहरूलाई थप जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, भीमफेदी गाउँपालिकाका प्रमुख हिदम लामा, नेपाल प्रहरी, शसस्त्र प्रहरीका प्रमुख, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*