टेक एण्ड पेको व्यवस्थाले सिंगो उर्जा क्षेत्रलाई आंतकित गरायोः सभापति सिंह

संवाददाता
९ असार २०८२, सोमबार १७:२८

९ असार, काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा विद्युत खरिदमा ‘टेक एण्डे पे’ प्रावधान राखेर गम्भीर गल्ति गरेको बताउनुभएको छ ।
नेपाल पूर्वाधार पत्रकार समाजले टेक एण्ड पे पीपीएको व्यवस्था र जलविद्युतमा पार्ने प्रभावका बारेमा आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारले ल्याएको टेक एण्ड पेको व्यवस्थाले सिंगो उर्जा क्षेत्रलाई आंतकित गरेको भन्दै यसबारे समितिले निर्णय लिने उद्घोष गर्नुभएको हो । उहाँका अनुसार भर्खरै अघि बढ्न थालेको यो क्षेत्रलाई आतंकित बनाउनु हुँदैन । मुलुकलाई अध्यारोबाट उज्यालोतर्फ अघि बढाएको यो क्षेत्रलाई राज्यले तहसनहस बनाउन खोज्दा पूर्वाधार समिति रमिते नबन्ने उहाँले चेतावनी समेत दिनुभयो । सभापति सिंहले उर्जा व्यवसायीका साथै ६० लाख भन्दा बढी शेयर होल्डरहरु भएको क्षेत्रलाई सक्ने प्रपञ्च कसैले गरे त्यो सपना पूरा हुन नदिने बताउनुभयो । सभापति सिंहकाअनुसार छिट्टै जलस्रोत विधेयक पूर्वाधार समितिबाट पास गरिनेछ ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले सरकारले निजी क्षेत्रलाई उत्साह दिनेगरी बजेटमा व्यवस्था गर्नुपर्नेमा उल्टो नीति लिएको बताउनु भयो । सरकारले अहिले विद्युत खपतमा जोड दिनुपर्ने उहाँको भनाई छ । निजी क्षेत्रलाई कसरी दबाउन सकिन्छ भनेर सरकार लागिरहेको उहाँको आरोप छ । यो विषयमा लामो समयदेखि सरकारलाई आफूहरुले घचघचाउने काम गरिरहेको समेत उहाँले बताउनुभयो ।
इप्पानको आन्तरिक अध्ययन अनुसार हालसम्म लगानी भइसकेको १ खर्ब ९ अर्ब रुपैयाँ डुब्नुका साथै भविष्यमा हुने ३३ खर्ब १४ अर्बको लगानी पनि हुँदैन । सरकारले पनि आयोजना निर्माण गरिरहँदा प्राप्त हुने ३ खर्ब २७ अर्ब ६२ करोड र निर्माण सम्पन्न भएपछि प्राप्त हुनेसहित ३१ खर्ब रुपैयाँ गुमाउनुपर्ने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*