थाहा नगरपालिकाको वित्तीय प्रगती ८०.२७ प्रतिशत !

शम्भु अधिकारी
२५ असार २०८१, सोमबार २१:५५

२४ असार, हेटौंडा । थाहा नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ मा ८०.२७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ ।

थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि चालुतर्फ ५२ करोड ५८ लाख ७८ हजार बजेट विनियोजन गरेकोमा ४७ करोड ३ लाख ४२ हजार २ सय ९९ रुपैयाँ अर्थात ८९.४४ प्रतिशत खर्च भएको लेखा अधिकृत अमर बहादुर जिसीले जानकारी दिनुभयो । त्यसैगरी पुँजीगततर्फ ५१ करोड ११ लाख ८६ हजार ८ सय ३५ रुपैयाँ विनियोजन भएकोमा ३६ करोड २० लाख ७९ हजार ६ सय ६९ रुपैयाँ अर्थात ७०.८३ प्रतिशत वित्तीय प्रगती हासिल भएको लेखा अधिकृत जिसीको भनाइ छ ।

चालु आर्थिक वर्षका लागि थाहा नगरपालिकाले १ अर्ब ३ करोड ७० लाख ६४ हजार ८ सय ३५ रुपैयाँ बजेट विनियोजन गरेकोमा ८३ करोड २४ लाख २१ हजार ९ सय ६८ रुपियाँ खर्च गरेको हो ।

थाहा नगरपालिकाले आम्दानीको आधारमा ९६.४२ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । थाहानगरले ८६ करोड ३३ लाख १४ हजार ३ सय ६३ रुपैयाँ यर्थात आम्दानी गरेको छ । सशर्ततर्फको पूर्ण रकम खर्च नभएकोले जम्मा आम्दानी बढि देखिएको लेखा अधिकृत जिसीले बताउनुभयो । उहाँले भन्नुभयो ‘ बढि देखिएको सशर्त बजेट संघीय र प्रदेश सञ्चित कोष खातामा फिर्ता हुने गर्दछ ।’
चालु आर्थिक वर्षमा भएको वित्तीय प्रगती अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को भन्दा ०.३२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैया बजेट विनियोजन भएकोमा ९४ करोड ६७ लाख ३८ करोड ८ सय ५६ अर्थात ८०.५९ प्रतिशत वित्तीय प्रगती हासिल भएको थियो । सो आर्थिक वर्षमा चालुतर्फ ९०.२८ र पुँजीगततर्फ ७०.९० प्रतिशत वित्तिय प्रगती हासिल भएको थाहा नगरपालिकाको तथ्याङ्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*