नव प्रवद्र्धन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

संवाददाता
२० बैशाख २०८१, बिहीबार १४:२३

२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कोषका निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अगाडि बढाइसकेको जिकिर गर्नुभयो । उहाँले कोषबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले नेपालको इतिहासमा पहिलो पटक नवप्रवद्र्धनको निम्ति भनेर पुँजीगत बजेटको १ प्रतिशत छुट्याउन लागेको बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधिको विकास, बिस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने सरकारको दृढ विश्वास रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले दिनानुदिन बढ्दै गइरहेको साइबर अपराध सम्बन्धी घटनाहरु, संवेदनशील प्रणालीमाथिको अनाधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत डाटा दुरुपयोगको विषयलाई नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतिलाई मध्यनजर गर्दै नीति, कानून र संरचना निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*