पालुङ बहुउद्देश्यीयद्वारा सुपथ मूल्य पसल संचालन
३ असोज, हेटौँडा । थाहा नगरबासीको तथा आफ्ना सदस्य लक्षित गर्दै पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले बिहिबार देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
संस्थाको मुख्य कार्यालय रहेको थाना बजारमा सञ्चालित सुपथ मूल्य पसलको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले उद्घाटन गर्नुभयो । उपप्रमुख गोपालीले थाहाका उपभोक्ताले सुलभ मुल्यमा सामान पाउनु खुशीको कुरा भएको बताउदै गुणस्तरमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्टले बताउनुभयो । उहाँले आफ्नो सेवा बिस्तार गर्ने क्रममा खरिद मुल्यमा थोरै मार्जिन राखेर साल्ट ट्रेडिङकै रेटमा उपभोक्ताहरुलाई दैनिक उपभोग्य सामान उपलब्ध गराइने जानकारी दिनुभयो ।
यस अगाडि कोरोना महामारीको समयमा सहकारीले सहुलियत खाद्यान्न बिक्री केन्द्र खोलेको थियो।














