पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको नाफा ५ करोड २९ लाख
१ श्रावण, हेटौँडा । थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले पाँच करोड भन्दा बढी नाफा आर्जन गरेको छ ।
आर्थिक बर्ष २०८०÷०८१ को असार मसान्तसम्मसंस्थाले ५ करोड २९ लाख नाफा गर्न सफल रहेको संस्थाका सह–व्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिनुभयो । साथै, संस्थामा १० हजार ७ सय सेयर सदस्य पुगेको र ऋणी सदस्य ३ हजार ३ सय ५६ रहेको बताउदै आर्थिक बर्ष २०८०÷०८१ को खाता बन्दी सम्ममा बचत ७४ करोड ५० लाख र ऋण लगानी ९७ करोड ३० लाख र तरलता २२ प्रतिशत रहेको सह–व्यवस्थापक रामप्रसाद ढकालले बताउनुभयो ।
गत आर्थिक बर्षमा संस्थाको निक्षप संकलन ५८ करोड र ऋण लगानी ९५ करोड रहेको थियो । थाहा नगरपालिका वडा नं.४ थाना बजारमा मुख्य कार्यालय रहेको संस्थाले हेटौंडा तथा बज्रवाराहीमा पनि सेवा केन्द्र खोली सेवा दिदै आइरहेको छ ।
राष्ट्रिय कर दिवस २०८० को अवसरमा थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मानित भएको थियो ।














