प्रदेशलाई लक्ष्य बनाएर गणतन्त्र माथि प्रहार भइरहेको छः प्रधानमन्त्री दाहाल

संवाददाता
२५ जेष्ठ २०८१, शुक्रबार १५:४८

२५ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताउनुभएको छ ।
शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहने प्रवृत्तिहरु सल्बलाई रहेको बताउनुभयो । प्रदेशलाई तारो बनाएर, प्रदेश चाहिँदैन भन्ने भ्रम जनातामा छरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको उहाँको भनाई छ ।
प्रधानमन्त्री दाहालले प्रदेश, स्थानीय तहलाई बलियो बनाएर सबै ठिक छ भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको राजनीतिमा गणतन्त्रलाई अझ सुदृढ बलियो बनाउने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिष्कृत, गर्दै अघि जाने पक्षमा एउटा र अर्को प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजानेमा उद्धत रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पु¥याउन आफूले पहल गरिरहेको पनि बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*