बजारमा चहलपहल बढ्यो तर व्यापार न्युन

संवाददाता
२३ आश्विन २०८१, बुधबार १८:५७

२३ असोज, हेटौँडा । नेपालीहरुको महान चाड दशैँमा यतिबेला हेटौंडा बजारमा किनमेल गर्न आउनेको चहलपहल बाक्लो देखिएको छ ।
लत्ताकपडा, खाद्यान्नदेखि खसीबोका किन्न समेत हेटौंडा आसपासका क्षेत्रबाट मानिसहरु आउने गरेका छन् । मकवानपुरको प्रमुख व्यापारिक शहर हेटौंडामा किनमेल गर्न आउनेको घुँइचो देखिएको तापनि सोचे अनुरुपको व्यापार भने नभएको व्यवसायीको गुनासो रहेको छ ।
विगतका वर्षहरु देखि नै दशैंको समयमा अपेक्षित व्यापार नरहेको व्यवसायी बताउँछन् । धेरै युवा जनशक्ति विदेश पलायन भएकाले पनि व्यवसायमा यसको प्रभाव देखिएको उनीहरुको भनाइ छ ।


ग्राहकहरुले पनि दशैंमा तयारी पोशाक, जुत्ता लगायतका सामान महँगो भएको बताएका छन् । सोचेको भन्दा बजार महँगो भएको ग्राहकको गुनासो छ । गत वर्षको तुलनामा जिरा मसलाको मूल्यमा कमी आएपनि अन्य समाग्री मूल्य बढी हुँदा महँगीको मार खेप्नु परेको उनीहरुको दुखेसो छ ।
दशैंका समयमा हुन सक्ने कालोबजारी, ठगी र मूल्यवृद्धिका विषयमा सम्बन्धित निकायबाट अनुगमन हुन नसक्दा व्यवसायीले मनलाग्दी मूल्य निर्धारण गर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*