बागमतीमा नेकपा एमालेका ४ जना सांसदद्वारा शपथ ग्रहण

संवाददाता
२० चैत्र २०८०, मंगलवार १९:०९

२० चैत्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
नयाँ सत्ता समिकरण बनेपछि मुख्यमन्त्री जम्कट्टेलले चौंथो पटक नेकपा एमालेका ४ जना सांसद्लाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् बिस्तार गनर््ुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई जिम्मेवारी तोक्नुभएको छ ।
नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । यसअघि मंगलबार बिहान नेकपा समाजवादीकी सांसद रमा आलेमगरले विना विभागीय मन्त्रीको सपथ लिनुभएको थियो । यो संगै मुख्यमन्त्री तथा मन्त्रिपरिदषद् कार्यालयसहित १२ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रिपरिषद सदस्य संख्या १३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*