बागमतीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
११ माघ, हेटौँडा । बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बागमती प्रदेशबाट ४ सदस्यका लागि भएको निर्वाचनमा ३ सय ४२ मत खसेको निर्वाचन अधिकृतले जानकारी दिनुभयो । १ सय ८ जना प्रदेश सभाका सदस्य र २ सय ३४ जना स्थानीय तहका प्रमुख र उप प्रमुखहरू जनाले मतदान गरेका छन् । राष्«िटय सभा सदस्य निर्वातनका लागि बागमतीमा कुल ३ सय ४७ मतदाता रहेका थिए ।
बागमती प्रदेशबाट ६ राजनीतिक दलका १५ जना उम्मेदवार रहेका थिए । सबैभन्दा बढी मतभार ल्याउने ४ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचत हुने व्यवस्था छ ।














