बागमती प्रदेश सभाको बैठक आगामी सोमबार बस्दै
१७ चैत्र , हेटौंडा । बागमती प्रदेश सभाको बैठक आगामी सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश सभा अघि आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार ३ बजेका लागि बोलाइएको छ । प्रदेश सभा बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनुहुने भएको छ । नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले फेरी विश्वासको मत लिन लाग्नुभएको हो ।
यसअघि प्रदेश सभाको बैठक फाल्गुन ३० गते बसेको थियो । बैठकमा प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेश सरकारलाई बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो ।














