बालकुमारी घटनाको विरोधमा रास्वपा मकवानपुरद्वारा प्रदर्शन

संवाददाता
१४ पुष २०८०, शनिबार १७:३९

१४ पुस, हेटौँंडा । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा दुई युवाको मृत्यु भएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले विरोध प्रदर्शन गरेको छ ।
हेटौंडा १० स्थित पार्टी कार्यालयबाट निस्किएको विरोध ¥याली बुद्धचोक आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नुहुँदै रास्वपाकी केन्द्रिय सदस्य एवम् प्रतिनिधीसभा सदस्य विन्दबासिनी कासांकारले सरकारको लापरर्वाही र हेपाहा प्रवृतीका कारण भएको घटनाको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने बताउनुभयो । घटना बारे प्रधानमन्त्री र गृहमन्त्रीले उचित जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । रोजगारीका लागि आवेदन माग गर्ने दुई युवाको हत्या हुनु लाखौं युवाहरुको सपना माथिको हत्या भएको सांसद् कसांकारको भनाई थियो । उहाँले सरकारले देशमा बस्ने वाताबरण पनि निर्माण नगर्ने, विदेश जान खोज्ने युवाहरुको नि हत्या गर्ने यस्तो स्थिती कहिलेसम्म भन्दै प्रश्न गर्नुभयो ।


यस्तै विरोध कार्यक्रममा बोल्दै पार्टी सभापति भरत पराजुलीले सरकारले बल प्रयोग गरेर निहत्था नागरिकको ज्यान लिएको प्रति घोर भत्र्सना गर्नुभयो । उहाँले नैतिकताको आधारमा गृहमन्त्रीले राजिनामा दिनुपर्ने बताउनुभयो । सरकारले घटनाको यथोचित सम्बोधन नगरे शसक्त आन्दोलनमा उत्रने उहाँले चेतावनी दिनुभयो ।


शुक्रबार कोरियन भाषा परीक्षाका विषयमा विरोध प्रदर्शनमा उत्रिएका २ युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । उक्त घटनाको देशभर विरोध भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*