बोक्सी कुप्रथाविरुद्ध सचेतनामूलक तथा शिक्षामूलक कार्यक्रमको आयोजना

संवाददाता
९ असार २०८२, सोमबार १७:४७

९ असार, हेटौँडा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान, नेपालले बागमती प्रदेशको राजधानी हेटौंडामा बोक्सी कुप्रथाविरुद्ध सचेतनामूलक तथा शिक्षामूलक कार्यक्रमको आयोजना गरेको छ ।
राष्ट्रव्यापी अभियान अन्तर्गत, प्रतिष्ठानले सामाजिक विकास मन्त्रालयको सहयोगमा बागमती प्रदेशको लागि मकवानपुरबाट कार्यक्रमको थालनी गरेको हो । यसअघि यो अभियान देशका ४५ जिल्लामा सञ्चालन भइसकेको छ । सामाजिक विकास मन्त्री हरीप्रभा खड्गीले बोक्सी कुप्रथा उन्मूलनको लागि ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री खड्गीले देशका विभिन्न भागमा अझै पनि यो कुप्रथा विद्यमान रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारसँगको सहकार्यमा यस्ता अभियानहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री खड्गीले बोक्सी कुप्रथा उन्मूलन अभियान प्रभावकारी बनाउन धामी, झाँक्री, माता, लामा र ज्योतिषहरूलाई सहभागी गराई परिचालन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानद्वारा निर्मित सामाजिक कथामा आधारित चलचित्र अग्निदहन प्रदर्शन गरिएको थियो । मन्त्री खड्गी लगायत मन्त्रालयका कर्मचारी र सञ्चारकर्मीहरूले उक्त चलचित्र हेरेका थिए । नेपाली भाषाका साथै मैथीली र भोजपु्री भाषामा पनि प्रर्दनन गरिदै आएको अग्निदहनलाई चलचित्र विकास बोर्डले विशेष चलचित्र अवार्डबाट सम्मानित गरेको छ । राष्ट्रिय जागरण नेपालका कोभिदशरण उपाध्यायले बोक्सी कुप्रथा उन्मूलन गर्ने उद्देश्यले २०७० सालदेखि नै यो अभियान जारी रहेको बताउनुभयो । मकवानपुरका चार स्थानमा सचेतनामूलक कार्यक्रम आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*