भीमफेदी गाउँपालिकाले ४६ जना मोतीयाबिन्दुका बिरामीको निशुल्क आँखाको अपरेशन गरिदिने

संवाददाता
९ मंसिर २०८०, शनिबार १९:१८

९ मंसिर, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले ४६ जना मोतीयाबिन्दुका बिरामीको निशुल्क आँखाको अपरेशन गरिदिने भएको छ ।
भीमफेदीका २ स्थानमा संचालन गरिएको शिविरमा आँखा परिक्षण गराएका २५३ जना मध्ये ४६ जनामा मोतीयाबिन्दु देखा परेको थियो । हेटौंडा सामुदायिक आँखा अस्पतालसंगको समन्वयमा आइतबार उनिहरुको निशुल्क अपरेशन गरिने भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । आँखाका बिरामी लिएर आफै अस्पताल पुग्नु भएका अध्यक्ष लामाले शनिबार पत्रकारहरुसंग कुरा गर्दै चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अन्तरगत आफ नागरिकहरुको आँखा परिक्षण गरिएको बताउनुभयो ।
यसैबीच, हेटौंडा सामुदायिक आँखा अस्पतालका अध्यक्ष्य सिद्धिलाल श्रेष्ठले हेटौंडा सामुदायिक आँखा अस्पताललाई प्रदेशको उत्कृष्ट अस्पताल बनाउने लक्ष्य राखेको बताउनुभयो । बिरामीको संख्या बढ्दै गएको भन्दै उहाँले सेवासुविधाहरु थप गर्ने योजनामा रहेको बताउनुभयो । विभिन्न संघसंस्थाहरुसंग समन्वय गरी धेरै आँखा रोगाीहरुलाई सेवा गरिँदै आएको उहाँले बताउनुभयो ।
सुरुवाती चरणमा गाउँगाउँमा शिविर संचालन गरी सेवा दिएको हेटौंडा सामुदायिक आँखा अस्पताल १६ वर्षमा प्रवेश गरेको छ । अस्पतालमा अहिले हप्ताको ५ दिन अपरेशन हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*