मकवानपुरमा निषेधाज्ञा तथा कफ्र्यू आदेश हट्यो, जनजिवन सामान्य बन्दै

संवाददाता
२८ भाद्र २०८२, शनिबार १३:५५

२९ भाद्र, हेटौँडा । मकवानपुर जिल्लामा लागू गरिएको निषेधाज्ञा तथा कफ्र्यू आदेश आज, शनिबार बिहान १० बजेबाट पूर्ण रूपमा हटाइएको छ ।
भदौ २६ गतेबाट लागू गरिएको निषेधाज्ञा तथा कफ्र्यू आदेश मुलुकमा उत्पन्न असहज परिस्थिति क्रमशः सामान्य बन्दै गएपछि हटाइएकोे प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी गरिएको सूचना जनाइएको छ । निषेधाज्ञा तथा कफ्र्यूको हटेसँगै जनजीवनमा सामान्य बन्दै गएको छ । विशेषगरी, बजार क्षेत्रमा मानिसहरूको जमघट र किनमेलका लागि चहलपहल देखिन थालेको छ ।
दैनिक जीवनयापनका लागि अत्यावश्यक सामग्री खरिद गर्न सर्वसाधारणहरू बजारमा निस्किन थालेका छन् । यसका साथै, राजमार्गहरूमा सार्वजनिक यातायात पनि सुचारु भएको छ । लामो तथा छोटो दूरीका सवारीसाधनहरू सञ्चालनमा आएसँगै यात्रुहरू गन्तव्यमा निस्किएका छन् । काठमाडौं–हेटौंडा जस्ता छोटो दूरीका रुटहरूमा सुमो, इभि भ्यान लगायतका सवारीसाधनहरू सञ्चालनमा आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*