महेन्द्र किरण माविको चौतर्फी विकासका लागि महायज्ञ शुरु

संवाददाता
२३ चैत्र २०८१, आईतवार १७:४०

२४ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका ३ बसामाडी स्थित महेन्द्र किरण माध्यामिक विद्यालयको चौतर्फी विकासका लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।
३ नम्बर वडा कार्यालयको संरक्षकत्वमा विद्यालय व्यवस्थापन समितिद्धारा शिक्षाका लागि भिक्षा अभियान अन्तर्गत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको हो । चैत्र २३ गतेदेखी जारी धार्मिक सत्संग तथा कथा प्रवचन कार्यक्रम चैत्र ३१ गतेसम्म हुने मूल समारोह समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क पाख्रिनले जानकारी दिनुभयो ।
दैनिक बिहान ७ बजेदेखि नित्य पूजा, १० बजेदेखि ४ बजेसम्म  शिरोमणी पन्डित दिपक प्रसाद पौडेलबाट कथा वाचन, पाठ–पारायण हुनुका साथै भजन किर्तन टोलीबाट संगितमय भजनका साथै कथा अनुसारको अभिनय समेत प्रस्तूत भइरहेको छ ।  महायज्ञबाट २८ देखि ३० लाख रुपैयाँ संकलन हुने आयोजकको लक्ष्य रहेको छ । विद्यालयमा खेलमैदान निर्माण गर्न, विद्यालय बस सञ्चालन गर्न, विद्यालय सुधार समितिबाट प्राप्त शैक्षिक सुधार दस्तावेज कार्यान्वयनमा ल्याउन लगायतका विषयलाई समेटेर महायज्ञ आयोजना गरिएको हो ।
महायज्ञ भव्यतापूर्वक सम्पन्न गर्नका लागि मूल समारोह समिति, विभागिय व्यवस्थापन समिति, विभिन्न उप–समितिहरु निर्माण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*