रानी वनको अध्यक्षमा धिताल निर्वाचित

संवाददाता
२३ चैत्र २०८१, आईतवार १५:१३

२४ चैत्र, हेटौँडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा केशव धिताल निर्वाचित हुनुभएको छ ।
आईतबार बिहान सम्पन्न मतदानको मतगणना अनुसार धिताल वन समूहको अध्यक्षमा निर्वाचित भएका हुनुभएको हो ।
धितालले ५ सय ६२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नानीमाया रुम्बाले ४ सय ५३ मत प्राप्त गर्नुभएको हो । त्यस्तै समतिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष पदमा महेन्द्रकुमार श्रेष्ठ, सचिवमा अमुना सापकोटा, सहसचिवमा हेमबहादुर योन्जन र कोषाध्यक्षमा गोमा लामिछाने विजयी भएका छन् । सदस्यहरुमा सूर्यप्रसाद दुलाल, पूर्णभद्र चौंलागाई, केदारप्रसाद अधिकारी, बाबुराम तामाङ, लक्ष्मीदेवी श्रैष्ठ गोपाली, अनिता बुढाथोकी, जोगमाया राई र विष्णु विश्वकर्मा विजयी भएका छन् ।
शनिबार सम्पन्न मतदान कार्यक्रम अन्तर्गत यस वन समूहका १ हजार एक सय तीन उपभोक्ताले मतदान गरेका थिए । हेटौंडाको ६ नम्बर वडा र मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ र ४ का केही भाग कार्यक्षेत्र रहेको छ रानी सामुदायिक वनको उपभोक्ता संख्या १ हजार ६ सय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*