रानी सामुदायिक वनका पदाधिकारीद्वारा शपथ

संवाददाता
२६ चैत्र २०८१, बुधबार १९:१९

२७ चैत्र, हेटौँडा । हेटौडा – ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन ।
निर्वाचन समितिका संयोजक अर्जुनप्रसाद चौलागाईले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभएको थियो । चैत्र २३ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा केशव धिताल, उपाध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ, सचिवमा अमुना सापकोटा , सहसचिवमा हेम बहादुर योञ्जन र कोषाध्यक्षमा गोमा लामिछाने निर्वाचित भएका थिए ।
यसैगरि सदस्यहरुमा सूर्यप्रसाद दुलाल, पूर्णभद्र चौलागाई, केदारप्रसाद अधिकारी , बाबुराम तामाङ ,अनिता बुढाथोकी, लक्ष्मीदेवी श्रेष्ठ , जोगमाया राई र विष्णु विश्वकर्मा निर्वाचित भएका थिए ।
हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम निर्वाचन समिति संयोजक अर्जुनप्रसाद चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौडा ६ का वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा , सव डिभिजन वन कार्यालय, हेटौडाकी प्रमुख सविना रिजाल, निर्वाचन समिति सदस्य रामहरि चौलागाई, साधुराम चौलागाई, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की , जनकल्याण साकोसका अध्यक्ष हिमाल पौडेल, चौघडा साकोसका अध्यक्ष विजयकुमार श्रेष्ठ, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला समूह, उपभोक्ता, सञ्चारकर्मी लगायतको सहभागीता थियो ।
१ हजार ५ सय ९० मतदाता रहेकोमा निर्वाचनम १ हजार ३ सय जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*