लोकतन्त्रको रक्षा तथा प्रवद्र्धनका लागि यसका पक्षधरहरु एकजुट हुनुपर्नेमा जोड

संवाददाता
११ बैशाख २०८२, बिहीबार १९:०१

११ वैशाख, हेटौँडा । १९ औं लोकतन्त्र दिवसको अवसरमा गैर सरकारी संस्था महासंघको समन्वयमा बिहीबार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
लोकतन्त्रको सशक्तिकरणमा नागरिक समाजको भूमिका र चूनौती विषयक अन्तरक्रिया कार्यक्रम हेटौंडा २ बनस्खण्डी स्थित नागरिक भवनमा भएको हो । गैसस बागमती प्रदेश र जिल्लाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम बागमती प्रदेश कार्यवाहक अध्यक्ष कमल कुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा राजबाबु पहाडीले लोकतन्त्रका उपलब्धिहरू, वर्तमान चूनौती र नागरिक समाजको भूमिकाका विषयमा कार्यपत्र प्रस्तूत गर्नुभएको थियो ।
पहाडीले राख्नुभएको कार्यपत्रमाथि रहेर वक्ताहरुले आफ्नो धारणा राखेका थिए । पछिल्लो समय लोकतन्त्र प्रति चारैतिरबाट आक्रमण भईरहकोमा वक्ताहरुले दुख व्यक्त गरेका थिए । लोकतन्त्र माथि हमला हुँदा नागरिकका अधिकारहरु कुण्ठित हुनेमा सबैको एक मत रहेको थियो । प्रदेश सरकार तथा स्थानीय सरकारले लोकतन्त्र दिवसमा कुनै पनि कार्यक्रम नगर्नु दुःखद पक्ष भएको बताउँदै लोकतन्त्रको रक्षा तथा प्रवद्र्धनका लागि यसका पक्षधरहरु एक भएर जानुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
कार्यपत्रमाथि वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले समिक्षात्मक टिप्पणी राख्न्ुभएको थियो । कार्यक्रममा गैससका केन्द्रीय सचिव बुद्धशरण लामा, मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख पवन भट्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत विभिन्न नागरिक समाज, पेशागत संगठन तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गैसस जिल्ला अध्यक्ष रमिला सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*