वनलाई उत्पादन संग जोडेर लैजानुपर्छः नगर प्रमुख लामा
१८ वैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानिय महासंघ हेटौंडा उपमहानगरपालिकाको पहिलो स्थानिय परिषद सम्पन्न भएको छ ।
स्थानिय महासंघ हेटौडा उपमहानगरका अध्यक्ष शम्भुप्रसाद न्यौपानेका ेसभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख लामाले स्थानीय तहलाई अधिकार नहुुँदा मध्यवर्ती क्षेत्रको समस्या समाधान गर्न नसकेको बताउनुभयो ।
वनलाई उत्पादन संग जोडेर लैजानुपर्ने आजको आवश्यकता भएको उहाँको भनाई छ । नगर प्रमुख लामाले डढेलो नियन्त्रण तथा आम्दानीको स्रोतको रूपमा सामुदायिक वन क्षेत्रमा फलफूल रोपण अभियान थालिएको बताउनुभयो । उहाँले सामुदायिक वनले वातावरण संरक्षणसँगै आर्थिक समृद्धिमा पनि योगदान गर्न सक्ने भएकाले हेटौंडा उपमहानगरले आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
महासंघका अध्यक्ष न्यौपानेले विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरुले सञ्चालन गरिरहेका कार्यक्रम, चूनौति, आगामी दिनमा गर्नुपर्ने कार्य, वन व्यवस्थापनमा भइरहेको प्रगति लगायतका विषय समेटिएको सांगठनिक प्रतिवेदन प्रस्तूत गर्नुभएको थियो । हाल हेटौंडा उपमहानगरभित्र ६३ वटा सामुदायिक वन उपभोक्ता समूह रहेको उहाँले जानकारी दिनुभयो । यी मध्य १४ वटा सामुदायिक वन मध्यवर्ती क्षेत्रभित्र रहेका छन् । १५ हजार तीन सय ९४ हेक्टर भन्दा बढी क्षेत्रमा फैलिएको स्थानिय महासंघ हेटौडा उपमहानगर भित्र २१ हजार तीन सय ३७ घरधुरी आबद्ध रहेका छन् ।
यस महासंघ भित्र आबद्ध वन समूहहरुले लापोन्मुख सालक संरक्षण सहित फर्निचर उद्योग, हस्तकला उद्यम सञ्चालन, विभिन्न् स्थानमा पार्क तथा बाल उद्यान निर्माण समेत गरेका छन् । कार्यक्रममा १० नम्बर वडाका वडा अध्यक्ष फुर्वा दोर्जे लामा, सामुदायिक वन महासंघका केन्द्रिय सदस्य रामहरी चौंलागाई, सामुदायिक वन महासंघ बागमती प्रदेश कोषाध्यक्ष नानीमैया रुम्बा लगायत महासंद्धमा आबद्ध वन समूहका प्रतिनिधिहरुको उपस्थिति थियो ।














