सभामुख अर्यालद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण
२२ चैत्र, हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति पौडेलसमक्ष सभामुख अर्यालले शपथ लिनु भएको हो ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्यालको एकल उम्मेदवारी परेको जानकारी दिँदै उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत राज्यका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ ।














