समिति सदस्य हेरफेर र मनोनयन प्रस्ताव अनुमोदन
१७ भाद्र, हेटौँडा । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विभिन्न समितिमा सदस्य हेरफेर तथा नयाँ मनोनयनको प्रस्ताव प्रस्तुत गर्दै सभाले अनुमोदन गरेको घोषणा गर्नुभएको छ ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख पाठकले कार्यव्यवस्था परामर्श समितिमा रहेका गोविन्द लम्साल, गीता गुरुङ, रामकृष्ण चित्रकार र सविता खड्कीको स्थानमा छिरिङ् दोर्जे लामा, पुकार महर्जन, मिनकृष्ण महर्जन र शान्ता ढकाललाई राख्ने प्रस्ताव गर्नुभएको थियो । सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
त्यस्तै, प्रदेशसभा नियमावली २०७४ को नियम (१५०) बमोजिम प्रदेश मामिला समितिमा बहादुर सिंह लामा तामाङ, सुरचन्द्र लामिछाने, कुन्दन राज काफ्ले र मदु कुमार श्रेष्ठलाई मनोनयन गरिएको छ ।
सार्वजनिक लेखा समितिमा मिनकृष्ण महर्जन र श्यामकुमार खड्का, शिक्षा स्वास्थ्य तथा कृषि समितिमा हरिप्रभा खड्कीलाई मनोनयन गरिएको छ । यस्तै उद्योग, पर्यटन तथा वातावरण समितिमा बिमलचन्द्र ठकुरीलाई मनोनयन गरिएको छ । यी सबै प्रस्तावलाई प्रदेश सभा बैठकले अनुमोदन गरेको हो । त्यसअघिको बैठकमा प्रदेश सांसद्हरुले मंगलबार पनि आफ्नो निर्वाचन क्षेत्रका समस्या लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुन्य समयमा बौल्दै १० जना प्रदेश सांस्दहरुले बागझोरामा पुल हाल्नदेखि देखि प्रदेशसभा भवनभित्रको सिट व्यवस्थापन गर्नसम्मको लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।बागमती प्रदेश सभाको अर्काे बैठक सुचना जारी नभएसम्म्को लागि स्थगित भएको छ ।














