मनहरीको आमाघर पुगेर सरकारी कार्यालयका प्रमुखहरुले औंशी मनाए

संवाददाता
१५ बैशाख २०८२, सोमबार ०७:३७

१५ वैशाख, हेटौँडा । मकवानपुरमा रहेर सरकारी कार्यालयको नेतृत्व गरिरहेका कार्यालय प्रमुखहरुले आमाखुवाउने औंशी आमाघरमा रहेका आमाहरुसंगै मनाउनु भएको छ ।
जिल्ला अदालत मकवानपुरका न्यायधिश अवनी मैनाली भट्टराई, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, न्यायधिश पुर्णिमा कोईराला, जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, जिल्ला अदालतका श्रेस्तेदार रोशी भण्डारी मनहरीको आमाघर पुग्नुभयो । मातृशक्ती सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यायधिश भट्टराईले आमाहरुको संरक्षण गरेर आमाघरले समाजमा नमुना प्रस्तुत गरेको बताउनुभयो । आमाहरुको सेवा कार्यमा लाग्नेहरुबाट समाजले पनि केही सिक्नुपर्ने उहांको धारणाा थियो ।
कार्यक्रमको विशिष्ट अतिथि प्रमुख जिल्ला अघिकारी श्रेष्ठले आमाघरले आमा संरक्षण गरेर सरकारलाई सहयोग गरिरहेको बताउनुभयो । संविधानमा आबासको हक, स्वास्थ्यको हक, सम्मान पुर्बक बांच्न पाउने हकको ब्यबस्था गरिएपनि सरकारसंगको सिमित बजेटका कारण राज्यले यस्ता आबास गृह संचालन गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा मनहरी गाउंपालिकाका अध्यक्ष रंजन कालाखेतीले अतिथीहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । आमाघरको संरक्षक रेबती दिदीको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका बिजय भाइ जीले आमन्त्रीत अतिथीहरुलाई ध्यान साधना समेत गराउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*