स्थानीय सरकारलाई होटल एशोसियशनको सहयोग
५ असोज, हेटौँडा । होटल एशोसियशन मकवानपुरले हेटौँडा उपमहानगरपालिकालाई २ थान कम्प्युटर, टेबल र प्रिन्टर सहयोग गरेको छ ।
गत भाद्र २४ गते भएको आगजनीबाट हेटौँडा उपमहानगरपालिका सहित विभिन्न वडाहरुमा क्षति पुगेका बेला स्थानीय सरकारको साथमा निजी क्षेत्र समेत रहेको भन्दै होटल एशोसियशन मकवानपुरले सहयोग गरेको अध्यक्ष दिलीश जोशीले बताउनुभयो । उपमहानगरपालिकाले खरिद ऐन अनुसार सरसामान खरिद प्रकृया अघि बढाउँदा सर्वसाधारणलाई सेवा प्रवाहमा ढिला हुन सक्ने भएकाले तत्काल सेवा सुरु गर्ने वातावरण तयार गर्न आफुहरुले स्थानीय सरकारलाई सहयोग गरेको उहाँले बताउनुभयो ।
सहयोग सामाग्री बुझ्दै हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले स्थानीय सरकारलाई संकटका बेला सामाजिक संघसंस्थाले देखाएको आत्मियताले काम गर्ने उर्जा बढेको बताउनुभयो । नागरिकका गुनासा सम्बोधन गर्दै अघि बढ्न जनप्रतिनिधीहरु तयार रहेको उहाँले बताउनुभयो ।














