‘स्वदेशी भाषा, सस्कार र संस्कृतिलाई बिर्सिदै जाने प्रवृत्ति बढ्दै गयो’
२५ चैत्र, हेटौँडा । परम्परागत ज्ञान सीपको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको बिषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
सोमबार हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा आदिवासि जनजाति आयोग को सहकार्यमा अन्तरक्रिया कार्यक्रम भएको हो । आयोगकी सदस्य रिना रानाले परम्परागत ज्ञान सीपको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका बिषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।
उहाँले आयोगको संवैधानिक व्यवस्था सम्बन्धि जानकारी गराउनुभयो । उहाँले बढ्दो शहरीकरण र बसाईसराई र आधुनिकिकरणले आदिवासि जनजातिको परम्परागत सीप लोप हुदै गएको बताउनुभयो । स्वदेशी भाषा, सस्कार र सस्कृतिलाइ बिर्सिदै जाने प्रवृत्तिले परम्परागत सिप र ज्ञानलाई जोगाउन मुस्किल भएको उहाँको भनाई छ । सदस्य रानाले अनियन्त्रित आयात र मौलिक व्यवसाय प्रवद्र्धनको लागि प्रोत्साहनको कमि र आदिवासी महिलाको दक्षता विकास र उपयोग सम्बन्धि राष्ट्रिय नीति कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
उहाँले आदिवासि जनजाति महिलाहरुलाई परम्परागत ज्ञान सीपमा आधारित वस्तु , प्रवद्र्धन र बजारीकबरण गर्न उत्पादनका साधनको उपयोगमा सहयोग र आत्मा निर्णयको अधिकार प्रदान गर्नुपर्ने बताउनु भयो । सदस्य रानाले सामुहिक रुपमा स्थानिय मदिरा उत्पादन, गुणस्तर नियन्त्रण, ब्रान्डिङ, बिक्रि बितरण र नियमनको प्रबन्ध गर्नुपर्ने र महिला विरुद्व हुने विभेद र हिंसा अन्त्य गर्न कानुनको कार्यान्वयन गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले आदिवासी जनजाति महिलाहरुलाई नीतिगत व्यवस्था तथा कार्यक्रममा समावेश गराउनु पर्ने बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा आदिवासि जनजाति आयोगका सदस्य सुर्य बहादुर गुरुङ, हेटौंडा उपमहानगपालिकाका १९ वटै वडाका जनप्रतिनिधि लगायत आदिवासि जनजाति संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।














