हेटौंडा अटो मोबाईल्सद्वारा भित्ते पात्रो वितरण

संवाददाता
२९ चैत्र २०८१, शनिबार १४:३०

३० चैत्र, हेटौँडा । हेटौंडा अटो मोबाईल्स मकवानपुरले नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो वितरण कार्यक्रम गरेको छ ।
शनिवार हेटौंडामा सस्थाले २०८२ को भित्ते पात्रो पहिलो पटक प्रकाशन गरी वितरण गरेको हो ।
संस्थाका अध्यक्ष ऋषि कुमार ढकालको सभाध्यक्षता एवम् नाडो मोबाईल्स एसोसिएसन नेपालका सहकोषाध्यक्ष पकंज अग्रवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । अध्यक्ष ढकालले नयाँ बर्षको शुभकामना दिदै अटो मोबाईल्स एसोसिएसन सधै कानुनले तोकेको र राज्यले दिएको दायरामा बसेर काम गर्ने बताउनुभयो ।
उहाँले सरकारले लागु गरेको एमआरपी नियमन संगत फलो गर्न र एमआरपी नलागेका सामान विक्रि वितरण नगर्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । यसैगरी प्रमुख अतिथि अग्रवालले नेपाल सरकारलाई अटोमोबाईल्सले ५ प्रतिशत कर तिर्दै आएता पनि चाहे अनुरुपको सेवा प्रवाह गर्न नसकेको जिकिर गर्नुभयो । अटोमोबाईल्सलाई व्यस्थित गर्न सरकारको निती स्पष्ट हुनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष उज्वल चौलागाई, राजु अधिकारी, महासचिव प्रतिमा श्रेष्ठ, अटोमोबाईल्सका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*