हेटौंडा उपमहानगर क्षेत्रमा हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालहरुमा विरामीको चाप बढ्यो

संवाददाता
२१ चैत्र २०८१, शुक्रबार १४:०४

२२ चैत्र, हेटौँडा । विगत केहीदिन यता विभिन्न स्थानमा लागेको वन डढेँलोका कारण हेटौंडा उपमहानगर क्षेत्रमा हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालहरुमा विरामीको चाप समेत बढेको छ ।
हेटौंडा प्रादेशिक अस्पताल, हेटौडा सामुदायिक आँखा अस्पताल लगायत हेटौंडा स्थित सहकारी तथा निजी अस्पतालहरुमा प्रदुषणका कारण विरामीको भिड बढेको हो । विशेषगरि खोकी लाग्ने, श्वास फेर्न गाहे हुने, घाँटी दुख्ने, छाला चिलाउने, आँखा पोल्ने लगायतका समस्या लिएर विरामी स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।
अन्य दिनको तुलनमा शुक्रबार बिरामीको चाप कम हुने हेटौंडा अस्पतालमा साविक झैं बिरामी देखिएका थिए । अस्वस्थकर वायूका कारण ज्येष्ठ नागरिक, बालबालिका, श्वासप्रश्वासको समस्या भएका व्यक्ति, दीर्घरोगीमा जोखिम ह्ुने स्वास्थ्कर्मीहरु बताउँछन् । हेटौंडा स्थित आँखा अस्पतालमा पनि पछिल्लो समय उपचारका लागि पुग्ने अधिकांश विरामीमा आँखा पोल्ने, आँशु आउने लगायतका समस्या देखिने गरेको नेत्र चिकित्सकले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*