५१ जनाले स्वास्थ्य परिक्षण गराए

संवाददाता
२९ चैत्र २०८१, शनिबार १७:४६

३० चैत्र, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले ७० औं स्थापना दिवसको अवसरमा आयोजित स्वास्थ्य जाँच शिविरमा ५१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
नेपाल पत्रकार महासंघ, बागमती प्रदेशको समन्वयमा जिल्ला शाखा मकवानपुरले नसर्ने रोगहरुको परिक्षण तथा स्वास्थ्य प्रवद्धन कार्यक्रम आयोजना गरेको हो । हेटौंडा–४ स्थित नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यालय परिसरमा आयोजित शिविरमा सञ्चारकर्मी, सञ्चारकर्मीका साथै परिवारका सदस्यले पनि स्वास्थ्य जाँच गराएका थिए।
शिविरमा बडी मास इन्डेक्स बीएमआई, मधुमेह परीक्षण, पाठेघरको मुखको जाँच, रक्तचाप जाँच र मृगौला सम्बन्धी जाँच गरिएको थियो । जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका, जनस्वास्थ्य शाखाको सहयोगमा शिविर भएको हो । यसअघि चैत्र १७ गते स्थापना दिवसका दिन स्वास्थ्य शिविर राख्ने भनिएतापनि चैत्र १५ गते राजावादीहरुको आन्दोलमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।
रजकको मृत्युमा छनविन समिति गठन हुनुपर्ने माग राख्दै महासंघ निरन्तर आन्दोलित बन्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*