५२ किलो गाँजा सहित एकजना पक्राउ
४ वैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ५२ किलो गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
विहिबार बिहान विशेष सुरकीको आधारमा मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँवस्तीबाट ५० वर्षीय बाबुराम मुक्तानलाई प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।
रुपाचुरीबाट नयाँबस्तीतर्फ गाँजाको भारी बोकी पैदल आउदै मोक्तानलाई ब्रमादेवी सामूदायिक हाताबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरी हिरासतमा रहेका मोक्तानलाई लागुऔषध कसुर मुुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














