हेटौंडा चेस क्लबद्वारा प्रशिक्षण कार्यक्रम सुरु
२९ चैत्र, हेटौँडा । हेटौंडा चेस क्लबले औपचारिक रूपमा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
बुद्धिचाल (चेस) खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । हेटौंडा–४ वडा कार्यालय अगाडिको भवनमा बागमती प्रदेशका पुर्व मन्त्री एवं प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले प्रशिक्षण तथा प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
प्रशिक्षणको उद्घाटन गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले क्लबले सुरु गरेको यो प्रयासले स्थानीय स्तरमा बुद्धिचाल खेलप्रति बढ्दो चासो र आकर्षणलाई थप मजबुत बनाउने अपेक्षा गर्नुभयो । यस प्रकारको पहलले मानसिक क्षमताको विकासमा पनि ठूलो योगदान पु¥याउने प्रदेश सभा सदस्य श्रेष्ठले बताउनुभयो ।
क्लबले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा विभिन्न उमेर समूहका ३० जना विद्यार्थीहरूलाई सहभागी गराइएको छ ।
विशेषगरी एसईई दिएर बसेका विद्यार्थी तथा बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि प्रशिक्षण तथा प्रतियोगिता आयोजना गरिएको छ । बिहिबारदेखि सुरु भएको प्रशिक्षण ०८२ जेठ मसान्तसम्म सञ्चालन हुनेछ भने ०८२ असार ४ गतेदेखि ७ गतेसम्म प्रशिक्षणमा सहभागीबिच प्रतियोगिता हुने क्लबका अध्यक्ष धरम लामाले बताउनुभयो ।














