नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिदैछः प्रधानमन्त्री ओली

संवाददाता
४ बैशाख २०८२, बिहीबार १४:१९

४ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउने प्रयत्न भइरहेको भन्दै स्वीकार्य नहुने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली समाजमा थुप्रै विकृतिहरु फैल्याउने, आयातित विकृतिहरुको डंगुर डम्पिङ साइट बनाउन खोजिएको बताउनुभयो । त्यो नेपालीलाई मञ्जुर नरहेको र नहुने उहाँले बताउनु भयो । प्रधानमन्त्री ओलीले नेपाललाई सांस्कृतिक र सामाजिक हिसावले पनि विकृतिहरुको डम्पिङ साइट बन्न नदिने उल्लेख गर्नुभयो । उहाँले नेपाल स्वतन्त्र मुलुक भएको उल्लेख गर्दै यसमा गर्व गर्नुपर्ने बताउनुभयो ।
नेपालको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने उहाँको भनाई छ । आफूहरुले देशको सीमा र सम्मान खुम्चिन नदिने बताउँदै प्रधानमन्त्री ओलीले आन्तरिक रुपमा पूर्वाधार लगायतको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपाली समाज सभ्य, सुसंस्कृत समाज भएकाले यसलाई कायम राखेर अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*