मनमोहन अधिकारीको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्न सके राजनीतिप्रति भरोसा बढ्छः पूर्वराष्ट्रपति भण्डारी

संवाददाता
१३ बैशाख २०८२, शनिबार ११:३२

१३ वैशाख, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्न सके राजनीति प्रति जनताको भरोसा र विश्वास कायम गर्न ठूलो टेवा पुग्ने बताउनुभएको छ ।
शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उहाँले २०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिष्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाउँ, ज्येष्ठ नागरिकहरुका लागि सम्मान वृद्धभत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको स्मरण गर्नुभयो ।
उहाँले मनमोहन अधिकारीले ल्याउनुभएका यि कार्यक्रमहरुको जस अझैसम्म पनि नेकपा एमालेले पाइरहेको बताउनु भयो । मनमोहन अधिकारी जस्ता प्रगतिशिल सोच, विचार भएका नेताहरुबाट प्रेरणा लिइ मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका दिशामा सबैले सक्रिय भुमिका निर्वाह गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले मनमोहन अधिकारी एक राजनीतिक नेता मात्र नभइ नेपाली समाजका लागि प्रेरणादायी र आदर्श व्यक्तित्व भएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*