महिला गोल्डकप फुटबल वैशाख १९ गतेदेखि हुने

संवाददाता
१६ बैशाख २०८२, मंगलवार १७:१६

१६ वैशाख, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता यही वैशाख १९ गतेदेखि आयोजना हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा तीन विभागीय सहित ८ वटा क्लवको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । हेटौंडा–६ स्थित गौरिटार रंगशालामा हुने प्रतियोगितामा एपिएफ क्लव, नेपाल पुलिस, त्रिभुवन आर्मि क्लवका साथै रौतहट जिल्ला महिला टिम, चितवन जिल्ला महिला टिमको सहभागिता रहनेछ ।
यस्तै, अन्य क्लवहरुमा मकवानपुरको रिगल हेटौंडा रिसोर्ट एन्फा , बिरगंज युथ एकेडेमी र नव जनजागृति युवा क्लव सिमरा बारा रहेका छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बाँनियाको तर्फबाट स्कुटर पुरस्कार रहेको छ ।
प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्ले १५ लाख, भीमफेदी गाउपालिका र कैलाश गाउँपालिकाले तीन–तीन लाख आर्थिक सहयोग गरेका छन् । यस्तै, शिवम् सिमेन्ट् लिमिटेड, लिशन फार्मेसी चौघडा, रियल हेटौंडा रिसोर्ट, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र बीमा साझेदारको रूपमा एनएलजि इन्सुरेन्स रहेका छन् ।
प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ । स्थानीय पर्यटन प्रवद्र्धन, महिला सशक्तीकरण, तथा राष्ट्रिय खेलकुदको विकासमा टेवा पु¥याउने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*