आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन हुँदै

संवाददाता
१४ जेष्ठ २०८२, मंगलवार १९:१३

१३ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाको आयोजनामा नगर क्षेत्रका विद्यालयहरुमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रम विद्यालय नर्स सञ्चालन भएका उपमहानगरभित्रका ११ वटा विद्यालयमा सञ्चालन हुनेछ । हाल हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा सैद्धान्तिक र प्रयोगात्मक कक्षाका रूपमा कार्यक्रम जारी छ । भूटनदेवीमा सोमबार देखि सुरु भएको कार्यक्रम भोलीसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरूलाई आयुर्वेदिक जीवनशैली, खानपान, योग अभ्यास, घरेलु उपचार लगायतका विषमा विद्यालय नर्सद्धारा जानकारी दिइने हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाकी वरिष्ठ कविराज निरिक्षक रेखा गुप्ताले जानकारी दिनुभयो ।
आयूवेैद शिक्षा कार्यक्रमले विशेषगरी किशोर–किशोरी उमेरका विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने लक्ष्य लिइएको छ । २०७२ सालदेखि हेटौंडा उपमहानगरले वैकल्पिक चिकित्सा र आयुर्वेदलाई विद्यालय शिक्षा प्रणालीसँग जोड्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*